Section 23
अनुसन्धान तथा अभियोजन सम्बन्धी विशेष व्यवस्था
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले बालबालिका उपर आरोप लागेको कसूरजन्य कार्यको अनुसन्धान गर्न छुट्टै एकाई गठन गर्नेछ।
(२) उपदफा (१) बमोजिम छुट्टै एकाई गठन नभएसम्म नेपाल सरकारले जिल्ला प्रहरी कार्यालयमा कार्यरत बाल न्याय सम्बन्धी तालीम प्राप्त कर्मचारीलाई सो कार्य गर्न तोक्न सक्नेछ।